झापा ।
झापा कनकाई गरपालिका–३ स्थित सुरुङ्गा कुमरखोद सडक खण्डमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ च १६५४ नं. को एम्बुलेन्सले बिपरित दिशाबाट आईरहेको प्र १– ०१–०१५ प २१४८ नं.को स्कुटीलाई गत साउन ४ गते ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटी चालक झापा गाउँपालिका–६ का २३ बर्षिय राजेश कार्की र सोहि स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० बर्षिया शर्मीला कार्की घाइते भएका थिए । उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा राजेश कार्कीलाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा आइतवार (आज) मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड–१०का ४६ बर्षिय चन्द्रबहादुर बि.क.प्रहरीको नियन्त्रणमा रहेको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।