झापा।
झापासहित काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । आइतवार (आज) बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का झापामा पनि महसुस गरिएको छ । काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।