झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा शंका लागि गाडी चेकजाँच गर्दा लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाडी चालक झापा बाह्रदशी –६का ३० बर्षिय पुरन राई र गाडीमा सवार सप्तरी बोदेबर्साईन–५ घर भई हाल विर्तामोड–१ भगवान चौकमा डेरा गरी बस्ने ३५ बर्षिय नागेन्द्रकुमार यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको प्रहरी टोलीले प्र.३–०१–०२४ च ८००० नम्वरको गाडीलाई शंका लागेर चेक जाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट गाडीमा लुकाएर राखेको प्रतिबन्धित लागूऔषध खैरो हिरोईन २ ग्राम ८०० मिलिग्राम फेला परेको छ । गाडी र दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।