मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागूऔषध गाँजासहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले नेपालबाट भारततर्फ बन्दाकोवी बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ख ८६७७ नम्वरको मिनि ट्रकलाई शंका लागि चेकजाँच गर्ने क्रममा बोराले छोपेर राखेको अवस्थामा ६ बोरा (१५६ किलोग्राम) गाँजा बरामद गरेको हो ।
अवैध गाँजा बरामद भएसँगै उक्त नम्बरको ट्रक र चालक शहिदभूमि गाउँपालिका–३ धनकुटाका बिवेक राई समेतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीले अन्य थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।