सुरुङ्गा ।
झापा कनकाई नगरपालिका वडा नम्बर ३ सुरुङ्गाकी ४३ बर्षिय कल्पना उप्रेती चुडालको दुबै मृगौला बिग्रिएर हाल दैनिक ४ पटक मृगौलाको डाइलोसिस गराउँदै आएकी छिन् ।
विगत १० बर्षदेखि नियमित मृगौलाको डाइलोसिस गराउँदै आएकी उनको उपचारका क्रममा सबै सम्बत्ति सकिएपछि हाल जीवन वचाइदिन आर्थिक सहयोगका लागि सबै समक्ष चुडालले अनुरोध गरेकी छिन् ।
एक छोरी श्रीमानका साथ कनकाई नगरपालिका ३ टप्पु पिङ्गडाँडामा स्थायी बसोवास गर्दै आएकी चुडाल मेशिन राखेर हाल घरमै मृगौलाको डाइलोसिस गराउदै आएककी छिन् । १० बर्षदेखि नियमित मृगौलाको डाइलोसिस गराउनु पर्दा घरमै मेशिन किनेर डाइलोसिस गराउदै आएको कल्पनाका श्रीमान नारायण चुडालले बताए ।
कल्पनाको रगतमा पानीको मात्राको डाइलोसिस गराउदै आएको समेत बताइएको छ । यसका लागि महिनामै ७ कार्टुन पानी प्रयोग हुदै आइरहेको छ ।
कल्पनाको जीवन वचाइदिन सहयोग गर्ने दाताले सिभिल बैँकको बिरामी कल्पना उप्रेती चुडालको नाममा रहेको खाता नम्बर ०७७१०४९६०४२०१८ सहयोग रकम जम्मा गरिदिन वा श्रीमान नारायणप्रसाद चुडालको मोवाइल नम्बर ९८१८४२८६१५ मा सम्पर्क राखिदिन समेत सबै समक्ष अनुरोध गरिएको छ । यसैविच स्थानीय गाउँलेहरुको समुहले चुडालको उपचारका लागि सहयोग
संकलन सुरु गरेका छन् । स्थानीय वेनुप्रसाद पराजुलीको संयोजकत्वमा गठित सहयोग समितिबाट संकलित सहयोग रमक ६२ हजार ६ सय ४५ रुपैँयाँ विशेष कार्यक्रममा विच परिवारलाई सहयोग समितिकी सचिव मिना सिटौला र अध्यक्ष पराजुलीले हस्तानतरण गरेका छन् । सहयोगका लागि सबैलाई कनकाई ३ का वार्डअध्यक्ष युवराज चम्लगाईले समेत अनुरोध गरेका छन् ।