चारपाने ।
झापाको बिर्तामोड–२ रामचोकस्थित हिमाल सागर पार्टी प्यालेसमा ११ दिवशीय महायज्ञ आयोजना हुने भएको छ । धार्मिक अनुष्ठान सेवा समिति बिर्तामोड–५ र इश्वरादेबी÷दिपा संग्रौला परिवारको आयोजनामा भोली साउन १४ देखि २४ गतेसम्म दशौं सार्वजनिक श्रीमद् भागवत महापुराण हुने भएको हो ।
दैविक प्रकोप तथा मानवीय उद्धार कोष स्थापना गर्दै विश्व शान्तिका निमित्त समाजले आयोजना गर्दै आएको १०८ भागवत अन्र्तगत १० औं अनुष्ठान हुन लागेको शुक्रवार (आज) रामचोकस्थित हिमाल सागरमा पत्रकार भेटघाट गर्दै जानकारी दिइएको हो ।
पुराणबाट संकलित रकम खर्च कटाएर कोष स्थापना गर्ने र उक्त कोषबाट देशभर दैविक प्रकोपमापर्र्नेेलाई सहयोग गरिने आयोजक देवीप्रसाद संग्रौलालले बताएका छन् । पुराणको खर्च अनुमानित ८ लाख रुपैयाँ हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय ख्याती प्राप्त कलाकारको प्रस्तुती रहने महापुराणमा आचार्य पण्डित दिननाथ मिश्र मुख्य कथा प्रवचन तथा पण्डित देवेन्द्र पौडेल उपबाचक रहने छन् । त्यस्तै महापुराणको १० औं भागवत पाठ पारायण पं. भिमप्रसाद मिश्रबाट हुने संग्रौलाले जानकारी दिए ।
धार्मिक अनुष्ठान सेवा समिति २०७६ साल पौष १३ गते दर्ता भई कार्य गर्दै आएको संस्था भएको अध्यक्ष माधव खनालले जानकारी दिए । कोरोना महामारीका कारण लक्ष्यमा पुग्न नसके पनि आगामी ५ बर्षभित्रमा १०८ औं अनुष्ठान सम्पन्न गरी लक्ष्यका साथ यस अनुष्ठानमा ३ हजार सदस्य थप गर्ने अध्यक्ष खनालले बताएका छन् । उनका अनुसार यसअघि २ हजार सदस्य रहेको समितिले यस अनुष्ठानमा ३ हजार सदस्य थप गरिनेछ । यसअघि सदस्य शुल्क बापत एकहजार दुईसय रुपैयाँ लिइदै आएपनि यस अनुष्ठानबाट सदस्य बन्नेबाट ३ हजार रुपैयाँ लिइने छ ।
एकसय आठ अनुष्ठान सम्ममा एकलाख सदस्य बनाइने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ । भोली शनिवार रामचौक वरिपरी ४ किलोमिटर र्यालीसहित कलस यात्रा गर्दै महापुराण उद्घाटन गरिने जनाइएको छ ।