विराटनगर।
बालयौन दुरुपयोग मुद्धाका फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।
विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा लुकेर बसेको अबस्थामा फेला पारी पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।
विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना भई लगत नं. १२१२ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको प्रदेश प्रहरीले जनाएको छ।