उदयपुर ।

उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ मदन चौक बेल्टार बस्ने ३४ बर्षीय निर्मल घिसिङ रहेका छन् ।

अस्थाई प्रहरी बिट आम्बासीको प्रहरी टोलीले पैदल आउँदै गरेका घिसिङको साथबाट प्रतिबन्धित लागुऔषध फेनारगन २८ एम्पुल, डाईजोपाम २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल बरामद गरेको हो ।

पक्राउ परेका घिसिङको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।