झापा ।
झापा मेचीनगर नगरपालिका वडा नम्बर –६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट लागू औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत East Sikkim Sikkim 737134 का ३० बर्षिय मेगवीर लिम्वु सोही ठाउँका उनकै भाई २३ बर्षिय बुद्धवीर लिम्वु रहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा बुद्धबीरको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन ७ ग्राम र ३–थान मोबाईल समेत फेला परेकोले उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।