विराटनगर । 

बैंकिङ्ग कसुर मुद्दाका फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं. ०६ घर भई हाल सुनसरी धरान उप–महानगरपालिका वडा नं. ०९ बस्ने ३२ बर्षीय लक्ष्मण कार्की रहेका छन् । 

कार्कीलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा धरान उपमहानगरपालिका डा नं. १२ छाताचोकमा लुकेर बसेको अवस्थामा   फेला पारी पक्राउ गरेको हो ।

फरार रहेका कार्कीको बैकिङ कसुर मुद्धामा उच्च अदालत विराटनगरको मिति २०७७।०९।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरीवाना भई लगत नं. ७६१ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।

पक्राउ परेका कार्कीलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।