झापा ।
झापा भद्रपुर नगरपालिका वडा नम्बर ७ घर भईवडा नं.४ स्थित आमडाँगीमा रहेको ईलाम टि–प्रोडुसर प्रालिको भवन बनाउने कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४० बर्षिय भोटलाल गणेश राजबंशी रहेका छन् । आमडोँगीमा निर्माणाधिन भबनको अन्दाजी ३०० मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर राजवंशी घाईते भएका थिए ।
घाइते उनको उपचारको लागि मेची अस्पताल भद्रपुर लगेकोमा डाक्टरले परिक्षण गरेर मृत घोषणा गरेको थिए । उक्त घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।