झापा ।
झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०७८/०७९ मा बिभिन्न मुद्दाहरुमा एकहजार २ सय ७४ जना प्रतिवादीलाई पक्राउ गरी कारवाही गरेको छ भने तीन सय २४ जना फरार रहेको जनाएको छ ।
गत आर्थिक बर्षमा झापा जिल्लाभर उक्त व्यक्तिहरुलाई पक्राउ गरि कार्वाही प्रक्रिया अगाडि वढाइएको र हालसम्म ३ सय २४ जना व्यक्तिहरु फरार सुचीमा रहेकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुई सय २४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ भने १६२ बर्ष ७ महिना १९ दिन कैद सजाय तोकेको छ ।
गत आर्थिक बर्षमा प्रहरीले पक्राउ गरि अदातलको कैद फैसलाका लागि कार्वान्वयमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार पाठकले जानकारी दिए । उक्त सजाय भुक्तानीका लागि प्रहरीले कारागार चलान गरेको र त्यसबाट १ करोड ६८ लाख ५२ हजार ४८० रुपैँयाँ जरिमाना तोकिएको प्रहरीले जनाएको छ । यस आर्थिक बर्षमा जिल्ला प्रहरी झापाले १ एक २ सय ७४ जना प्रतिवादीलाई पक्राउ गरि कार्वाही गरेको छ ।
जसमा कतव्य ज्यान मुद्धाका १६ जना, ज्यान मार्ने उद्योगको २७ जना, आत्महत्याको ३ सय १४, जवरजस्ती करणीका २५ जना, लागुऔषधका २ सय, हातहतियार तथा खरखजानाको ४ जना, अभद्र व्यावहारका २ सय ५७, बहुबिवाहको ३६, सवारी ज्यान १ सय ५, मानव वेचविखन ५ र अन्यमा ५ सय ८५ जनालाई मुद्धा दर्ता गरिएको जनाइएको छ । त्यसैगरि गत आर्थिक बर्षमा लागू औषधमा जम्मा २ सय वटा मुद्धा दर्ता गरि ३ सय ७ जनालाई पक्राउ गरिएको छ ।
यस अवधिमा यौनजन्य अपराधमा १ सय ४८ मुद्धा दर्ता भएकोमा १ सय २७ जना पक्राउ परेका छन् भने ३१ जना फरार रहेका छन् । अबैध काठ चोरी तस्करीका १२ जनालाई पक्राउ गरिएको र १३ सवारी साधन नियन्त्रणमा लिएको जनाइएको छ । उक्त अवधिमा १ हजार २ सय ६८ क्युफिटको ४० लाख ५७ हजार ५ सय ३६ रुपैँयाँ बराबरको काठ समेत प्रहरीले बरामद गरेको छ । त्यसैगरि नदिजन्य पदार्थ उत्खनन गर्ने ७० वटालाई नियन्त्रणमा लिएको र त्यसवाट ७ लाख ३७ हजार ५ सय रुपैँयाँ जरिमाना र ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५ करोड ८५ लाख २५ हजार ४३ रुपैँयाँको अवैध सामानहरु वरामद गरि भन्सार दाखिला गरेको समेत जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।