बिराटनगर।
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ मा भारतिय नम्बर प्लेटको स्कारपियोले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
बुधवार साँझ सुनसरीको ईनरुवाबाट लौकहीतर्फ जाँदै गरेको द्यच् ज्ञज्ञ एद्य डण्ज्ञद्द नम्बरको स्कारपियोले विपरित दिशाबाट आउदै ना.६३ प.४०७५ नम्बरको मोटरसाईकललाई टक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बर्दिबास नगरपालिका–६ धनुषाका ३० बर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।