सुरुङ्गा ।
कारितास नेपालको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका क्षेत्रभित्रका ३२ जना युवा युवतीहरुका लागि स्वरोजगारमुलक तालिम दिइएको छ ।
झापा प्राविधिक शिक्षालयले कारितास जापानको आर्थिक सहयोगमा झोला बनाउने, कुक र बिद्युतीय मोटर बनाउने तालिम प्रदान गरेको हो ।
झोला बनाउने तालिम २ महिने रहेको छ भने बाँकी तालिम ३ सय ९० घण्टाको रहेको छ । तालिममा झोला बनाउनेमा १२ जना प्रशिक्षार्थीरहेका छन् भने बाँकी मोटर बनाउने र कुकमा १०÷१० जना रहेका कारितास नेपालको सुरक्षित वैदेशिक रोजगार कार्यक्रमका होम भट्टराईले जानकारी दिए ।
तालिम समापनपछि सहभागीलाई विशेष कार्यक्रमका विच सुरुङ्गामा समापन गरी प्रमाणपत्र प्रदान गरिएको हो । तालिम समापन समारोहमा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले तालिमबाटै कनकाईको समृद्धि सम्भव भएको बताए । तालिमबाट सिकेका ज्ञान शीपलाई व्यावसायमा लगाउन समेत नगरप्रमुख पोखरेलले सबैलाईआग्रह गरे । एक बैँकको ढिला सुस्तीका कारण कनकाईका युवालाई प्रदान गर्न लागिरहेको युवा स्वरोजगारको रकम प्रदान गर्न नपाइरहेको भन्दै अवका हप्तादिन भित्रसमेत बैकले रकम लगानी नगरे नगरपालिकाले बैँकसँगको सम्झौता तोडने समेत पोखरेलले बताएका छन् ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई लगायातले सिकेका सीपलाई व्यावहारमा उर्तानका लागि आग्रह गरे । तालिममा सहभागी मिना सिटौला, रुद्र अधिकारी र सुजन आचार्यले बजारीकरण र चलपँुजीका लागि नगरपालिका र दातृ निकायबाट सहयोगको आवश्यकता भएको बताए । साथै सहभागिले आफुहरुले सिकेको सीपबाटै पेशाको सुरुवात गरिसकेको समेत जानकारी गराइएको थियो । कारितास नेपालका क्षेत्रिय प्रमुख देवेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना अधिकृत हिमालयन अधिकारीले स्वागत र सुरक्षित वैदेशिक परियोजनाका कनकाई नगर प्रमुख विवेक शिवाकोटीले कार्यक्रम सञ्चालनमा गरेका थिए ।