झापा । 

झापाको कमल गाउँपालिका वडा नम्बर ५ गिता पेट्रोल पम्प अगाडि राजमार्गमा भएको सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ क २१२ नं.को ट्रिपरले ठक्कर दिदा साइकल यात्री जिल्ला पाँचथर तुम्बेवा गाउँपालिका वडा नम्बर ५ का उपेन्द्र ईम्सङको छोरा अन्दाजी १६ बर्षिय संजिप ईम्सङ लिम्बको मृत्यु भएको हो । 

बुधवार साँझ ट्रिपरले ठक्कर दिदा संजिपको घटना स्तलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  ट्रिपर चालक मकवानपुर चुरेमाई नगरपालिका वडा नम्बर ५ का ३१ बर्षिय सुजन वाईवा  र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेको छ ।

उक्त घटनाको बिषयमा इलाका प्रहरी कार्यालय.दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।