मोरङ । 

मोरङको सुन्दरहरैचा नगरपालिका–४ का हरि खड्काको ५ बर्षीय छोरा प्रदिप खड्काको पैनीले बगाएर मृत्यु भएको छ । 

बुधवार (आज) घर छेउमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखेर स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागि बेदान्त अस्पताल ईटहरी लगिएको थियो । बालकको उपचारको क्रममा मृत्यु भएको हो । 

ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।