मोरङ ।
मोरङको बेलवारी नगरपालिका–८ पूर्व पश्चिम राजमार्गमा बुधवार (आज) भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी ण्१ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक–४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए ।
घाईते दुबै जनालाई उपचारको लागि बेलवारी अस्पताल पठाईएको र बराईलीलाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बराईलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।