झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका–६ मा पौडी खेल्ने क्रममा एक बालकको डुवेर मृत्यु भएको छ । बुद्धशान्ति–४ का चन्द्र मावोका १२ बर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुवेर मृत्यु भएको हो ।
मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको छ ।
घटनाको बिषयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अन्य थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।