मोरङ । 

मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले चेकजाँचको क्रममा मंगलबार वेलुका साँझ अवैधरुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको कपडा पक्राउ गरेको हो । 

मे.१ च २२८६ नम्वरको मारुती भेनमा करिव ५ लाख १३ हजार ७ सय रुपैयाँ मुल्य बरावरको बिभिन्न किसिमका लत्ताकपडा र खाद्यान्नसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले बिराटनगर–१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको ७६ हजार ९ सय रुपैयाँ बरावरको खाधान्न र बिभिन्न किसिमका कपडा बरामद गरेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।