पाँचथर । 

पाँचथर तुम्बेवा गाउँपालिका –२ मेवागाँउ स्थित अन्न पिस्ने मिलमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिल सञ्चालक सोही स्थान बस्ने ३८ बर्षीय जीवन मगर रहेका छन् ।

चलिरहेको मिलमा अचानक बिद्युत सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भएका जीवनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

  उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्णबहादुर मगर समेत सामान्य घाईते भएकाले सोही अस्पतालमा उपचार भईरहेको छ । घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।