बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले ‘अनुपस्थित बैठकको समेत भत्ता लिएको खुलासा’ विषयमा आएको समाचारप्रति आपत्ति जनाएको छ । 

गत शुक्रबार विभिन्न सञ्चारमाध्यममा अनुपस्थित हुँदा पनि बैठक भत्ता लिएको समाचार आएकोप्रति विज्ञप्ति प्रकाशित गरेको हो । सोही विषयमा स्पष्ट पार्दै नगरपालिकाले सोमवार (आज)आज विज्ञिप्ति निकालिएको हो । 

नगरका प्रवक्त अग्नि पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– आर्थिक वर्ष २०७६/०७७ को महालेखा परीक्षणको प्रतिवेदनमा तत्कालिन जनप्रतिनिधि र कर्मचारीहरुको भत्ताको विषयमा जनप्रतिनिधिहरुको सेवा सुविधा सम्बन्धी प्रदेश कानून निर्माण नभएकोले पछि बनेको प्रदेश कानून अनुसार खाइपाई आएको सुविधामा जम्मा २० लाख ५१ हजार ६८७ रुपैयाँ रकम वेरुजु देखिएकोमा उक्त रकम अघिल्लो वर्ष २०७८ भित्रै फछ्यौट गरी वेरुजु हटाइसकेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गर्दछौं ।