झापा ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित गैँडे सामुदायिक बन उपभोक्ता समुहमा तस्करी हुँदै गरेको काठ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी चौकी माईधार र गैँडे सामुदायिक बनको कर्मचारीको संयुक्त टोलिले उक्त बनबाट काठ तस्कर हुँदै गरेको सुचनाका आधारमा पक्राउ गरेको हो ।
मे १ च ११६४ नम्बरको मारुती भ्यानमा सखुवा जातको ४० क्यु.फिट.काठ लोड गरी लाँदै गरेको अवस्थामा कनकाई नगरपालिका वडा नं. ४ मा पक्राउ गरिएको हो । पक्राउ गरिएको काठ र गाडी दुवैलाई आवश्यक कार्वाहीको लागी गैँडे सामुदायिक बनलाई बुझाएको जनाइएको छ ।