सुनसरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किचेर स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् ।
कोशी टप्पु बन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र. १.०२–०४४ प ६६८१ नं. को स्कुटी चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढलि किचेर घटनास्थालमै मृत्यु भएको थियो । त्यस्तै पछाडी सवार धरानकै २८ बर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए ।
घाईतेको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।