झापा।

झापाको शिवसताक्षी नगरपालिका –१ धरमपुर चर्चाबारीबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ बर्षीय किरण श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले श्रेष्ठलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६०० मिलि ग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।