झापा ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम सन्दकपुर गाउँपालिका–२ का २७ बर्षिय  रविन गुरूङ  रहेका छन् । सोमवार (आज)  ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले  शंका लागि चेक जाँच गर्ने क्रममा गुरुङको साथबाट लागूऔषध ३ ग्राम  ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिईएको हो ।

ब्राउनसुगरसहित पक्राउ परेका गुरुङको बिषयमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।