कचनकवल। 

दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आइतवार (आज) तीन जना किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोशी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरुले सामूहिक आत्महत्या गरेको हुन सक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन ।

सोही चिया बगानमा काम गर्दै आएका उनीहरु शनिबार दिउँसोदेखि घरबाट सम्पर्कविहीन भएको र आज बिहान रुखमा झुण्डिएको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । घटनास्थलमा प्रहरी खटाइएको र अनुसन्धान अगाडि बढाइएको प्रनाउ पाठकले जानकारी दिए ।