मोरङ ।
मोरङको बिराटनगर–१८ बाट अबैध सुपारी बोकेको आठ वटा भारतीय नम्वरको ट्रक प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले अवैधरुपमा सुपारी बोकेको ८ वटा भारतीय नम्वरको ट्रकहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमालिएकाMP09HG8320,MP22H1031,UP50BT7277,UP62BT8121,UP54T6429,UP50AT3158, UP62CT0627 र UP45T1624 नम्वरको ट्रकबाट २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो ।
अवैध सुपारीसहित पक्राउ परेका ८ वटा भारतीय नम्वरका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको प्रदेश प्रहरीले जनाएको छ ।