बिराटनगर ।

संखुवासभा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थितमा बा.२० च ९५०२ नम्वरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका–५ भोजपुरकि भुमिका बिष्टको ३ बर्षीया छोरी मनिषा बिष्टलाई ठक्कर दिंदा घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।  


दुर्घटनापछि उनलाई स्थानिय मनकामना अस्पताल लगिएको थियो । त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थित राजमार्गमा मे–१ ख ३२३० नम्बरको बसले को.३७ प १४३५ नम्बरको मोटरसाईललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका–२० तरहरा सुनसरीका २६ बर्षीय रोयल राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पुर्‍याउनासाथ मृत्यु भएको हो । 


ठक्कर दिने दुवै सवारी र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।