झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर–६ स्थित पुरानो मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई–४ का ३२ बर्षिय सनम श्रेष्ठ र सोही स्थानका २५ बर्षिय सन्दिप कुमाल छन् । शंका लागेर चेकजाँच गर्दा सन्दिप कुमालको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईन पक्राउ फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट खैरो हिरोईन ६ ग्राम फेला परेकोले उनीहरुको साथमा रहेको मोबाइल ३ थानसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।