- राजु बराल
चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका वडा न ण्९ मा जेष्ठ नागरिकहरुका समस्या सम्बोधन गर्ने उद्देश्यले देवकोटा जेष्ठ नागरिक चौतारीको गठन भएको छ ।
शनिबार भद्रपुर –९ को देवकोटा चोकमा सम्पन्न जेष्ठ नागरिकको भेलाले खडगकृष्ण भट्टरार्इको अध्यक्षतामा देवकोटा जेष्ठ नागरिक चौतारीको गठन गरेको हो । नवगठित समितिको उपाध्यक्ष कौशिल्या दाहाल, कोषाध्यक्ष खेमराज पौडेल, सचिव खडगप्रसाद दाहाल र सह–सचिव हरि ढकाल रहेका छन् । समितिको सदस्यमा मुक्ति पौडेल, जीवनाथ खतिवडा, सिताराम पराजुली र रुकमिणा ढकाल चयन भएका छन् ।
सोही भेलाले देवकोटा जेष्ठ नागरिक चौतारीको सल्लाहकार समिति समेत गठन गरेको छ । राजमणी ढकालको संयोजकत्वमा गठित सल्लाहकार समितिमा सञ्चारकर्मी राजु बराल, हरिप्रसाद पराजुली, सरोज निरौला, कृष्णप्रसाद निरौला र हर्शनारायण श्रेष्ठ सदस्य रहेका छन् ।
खडगकृष्ण भट्टरार्इको अध्यक्षता र खडगप्रसाद दाहालको सञ्चालनमा भएको कार्यक्रममा सञ्चारकर्मी राजु बराल, सल्लाहकार सरोज निरौला र नन्दलाल भट्टराइले शुभकामना मन्तब्य राखेका थिए भने रुकमिणा ढकालले कविता वाचन गरेकी थिइन् ।