ताप्लेजुङ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ भने कुटपिट गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका ५ बजे फुङ्लिङ–९ का ६५ बर्षीय बलबहादुर साँवाले आफ्नै श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्वुलाई घरायसी बाद बिबादका कारण कुटपिट गर्दा कान्छीमायाको घटना स्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोलीले कुटपिट गर्ने साँवालाई पक्राउ गरेको छ । त्यस्तै मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।