बिराटनगर ।
सुनसरी र खोटाङको छुट्टाछुट्टै स्थानमा पानीमा डुवेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–२ का रामकुमार उरावको १४ बर्षीय छोरा आयुष उराव कोशी गाउँपालिका–३ स्थित सिंचाई नहरमा पौडी खेल्ने क्रममा पानीमा डुवी बेहोस अवस्थामा स्थानियले फेला पाररेका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ की ६८ बर्षीया दिल लक्ष्मी राई आफ्नै खेतबारीमा पानी लगाउन भनि गएकिमा अवेर सम्म फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा कुलोको पानीमा लडेर घोप्टो परेर मृत अवस्थामा फेला परेको थिइन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने दुवै घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।