अर्जुनधारा ।
स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले अर्जुनधारा वाड न १० मा विद्यार्थीको सक्रियतामा सरसफाइ तथा संकलित प्लास्टि«क सिसा हस्तान्तरण गरेको छ ।
अभियानले बिगत केही बर्ष यता असाय अनाथ र दृष्टिबिहिन बालबालिका बस्ने घर बनाउने उदेश्य साथ बाटाका, पसल र घरमा भएका प्लास्टि«कजन्य बोटल, फुटेका सिसालगायत संकलन गरि फोहोरलाई मोहरमा बदल्दै आएको रकम र दाताहरूको सहयोगबाट आवास बनाउने कार्यमा लागेको अध्यक्ष अभियन्ता गणेश ढुंगानाले बताए ।
अर्जुनधारा नगरपालिका मेची नगरपालिका र बुद्धशान्ति गाउँ पालिकाको सगम स्थान डाँडा गाउँ सुब्बा चोकका सचेत विद्यार्थी र अभिभावकले आ–आफ्नो घरमा भएका बेकार प्लास्टि«क तथा सिसालगायत अभियानलार्इ प्रदान गरेका थिए ।
कार्यक्रम अर्जुनधारा १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा सस्थाका वरिष्ठ उपाध्यक्ष समाजसेवी शेरबहादुर थापा, समाजसेवी प्रेम नेम्वाङ्ग, समीर लिम्बु, बिमल लिम्बु, राजन बरालले यस अभियानले गरेको सराहनीय कार्यप्रती खुसी व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रन्जित परियारले गरेका थिए ।