झापा । 

बहु–बिवाह मुद्दामा फरार रहेका ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरेको छ । 

झापा जिल्ला अदालतको मिति २०७६।१०।१९ गतेको पैmसला बमोजिम बहु–बिवाह मुद्धामा फरार रहेका अर्जुनधारा–९ का ३४ बर्षिय अम्बरबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउपछि अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भएको र हाल निज प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।