झापा । 

झापाको कमल गाउँपालिका वडा नम्बर –६ गुवाबारीस्थित भित्रि सडक खण्डमा हिजो भएको सवारी दुर्घटनाका घाइतेको उपचारको क्रममा शुक्रवारआ(ज) मृत्यु भएको छ । 

भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह २४२३ नं.को सिटि रिक्सा र बिपरित दिशाबाट जाँदै गरेको को ३८ प १२८३ नं.को मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक कमल–६ का २४ बर्षिय रोशन कोईराला घाइते भएका थिए । 

कोइरालाको टाउकोमा चोट लागेर बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । सोही मोटरसाइकल पछाडी सवार कमल–४ का १९ बर्षिय रेवत सुबेदीको न्युरो अस्पताल बिराटनगर, कमल– ७ का २१ बर्षिय भविन मगरको बीएण्डसी अस्पताल बिर्तामोड र सिटि रिक्सामा कमल –५ की ६५ बर्षिया सुकमाया माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र सिटी रिक्सा चालक कमल–६ का ५२ बर्षिय दिलमान माझीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका बिषयमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।