मोरङ ।
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
शुक्रवार (आज) ज्च् घडह् द्दद्दज्ञण् नम्वरको कन्टेनरले को.३०प ९१०३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक केरावारी गाउँपालिका–७ मोरङका २७ बर्षीय हर्क परियार र मोटरसाईकल पछाडि सवार रहेका २१ बर्षीय भिमबहादुर राईलाई उपचारको लागि बिराट मेडिकल कलेज गंगा चोक लगिएकोमा अस्पताल पुर्याउना साथ दुवै जनाको मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन र चालक भारत भरतपुर एकलऔहराका मोरध्वज पाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।