बिराटनगर।

झापाको मेचीनगर र मोरङको पथरी शनिश्चरे–२ बाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका शिवसतासी–९ झापाका ३६ बर्षीय नेत्र बिक्रम तुम्बाहाम्फेलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यस्तै मोरङको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले पथरीशनिश्चरे–२ का २७ बर्षीय अजय राईको साथबाट २०० मिली ग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।