बिराटनगर।
मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । सुनसरीको कोशी गाउपालिका–५ कुमियाही स्थितमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय नजारुल हकको ९ बर्षीय छोरा नफाजल हक पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।
त्यस्तै मोरङको जहदा गाउँपालिका–७ का अशोक मण्डलको ११ बर्षीय छोरा तरुण मण्डल घर नजिकै रहेको खहरे खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत अवस्थामा आफन्तले फेला परेका थिए ।
मृतक लाशलाई पोष्टमार्टमको लागि अस्पताल पठाईएको र घटनाको बिषयमा सम्वन्धित प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।