मोरङ । 

मोरङको पथरीशनिश्चरे–९ सगरमाथा चोक स्थितमा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

बिहीवार (आज) तेह्रथुम छथर गाउँपालिका–३ घर भई हाल पथरीशनिश्चरे–९ मा बस्दै आएका कुमार लिम्बुकी १९ महिनाकी छोरी स्नेहा लिम्बु आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबेर मृत्यु भएको हो । 

घटना स्थलमा  ईलाका प्रहरी कार्यालय पथरीको  प्रहरी टोलीले मृतक लाशलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल पठाएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय पथरीले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।