झापा ।
चेक वाउन्स मुद्दामा फरार रहेका राष्ट्रिय लेवलका पूर्व फुटवल खेलाडी दिलकुुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुुरुङ्गाको प्रहरी टोलीले कार्कीलाई बिहीवार सुरुङ्गा बजारबाट पक्राउ गरेको हो। इप्रका सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बा नेतृत्वको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।
पछिल्लो समयमा खेल क्षेत्रमा पुरै लागेका कार्कीले आफ्नै खर्चमा समेत खेलाडीलाई तालिम खेल सामाग्री खरिद र खेल खेल्न प्रायोजन समेत गर्दै आएका थिए । खेलमा लागेर व्यवहार विगारेका कार्कीलाई अदालतको चेक बाउन्सको मुद्दामा एक बर्ष कैद र एक हजार जरिमानाको सजाय सुनाइएको थियो । विगो १० लाख रुपैँयाँ रहेको छ ।
झापा कनकाई नगरपालिका ३ का प्रधान होटलका संचालक समेत रहेका मिनकुुमार प्रधानले कार्कीलाई चेक वाउन्सको मुद्दा दर्ता गराएका हुन् । प्रधानलाई कार्कीले बैँकमा पैसा नभएको जान्दा जान्दै १० लाख रुपैँयाँको चेक दिएका थिए ।