सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका –२ सुकेडाँगीको कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यावस्थापन कम्पनीमा लगाइएको ताला खुलेको छ । 

उर्जा कम्पनीले आफ्नो निर्माणको काम नसकि फोहोर संकलन थालेको भन्दै स्थानीयले कम्पनीमा लगाइएको ताला बिहीवार (आज) खोलिएको हो । 

कनकाई नगरपालिकाका प्रमुुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष प्रताप राई (बलराम) लगायातको रोहवरमा नविकरणीय उर्जा र स्थानीयबिचको छलफल र सहमतिपछि गाउँलेले लगाएको ताला खोलेका हुन् ।

सर्वपक्षिय छलफल वसी काम नसकिकन फोहोर कम्पनीमा नल्याउने र हालसम्म उर्जामा थुपारेको फोहोरलाई अन्यत्र व्यावस्थापन गर्ने र उर्जा कम्पनी पुुर्णरुपमा सञ्चालनमा आएपछि मात्रै नगनाउने फोहोर उर्जामा ल्याउने सहमतिपछि ताला खोलिएको स्थानीय सक्षम युवा क्लवका अध्यक्ष कपिल विश्वकर्माले जानकारी दिए ।

छलफलमा उर्जाका अध्यक्ष मिनाल तिम्सिना, प्रबन्ध निर्देशक दिपक चापागाई, कनकाई नगरपालिकाका प्रमुख पोखरेल, कनकाई २ का वडाअध्यक्ष राई लगायातको उपस्थिति रहेको थियो ।