बिराटनगर । 

भोजपुरको हतुवागढी गाउँपालिका–९ बाट दुई जना, मोरङको बिराटनगर–१६ र पथरी शनिश्चरे नगरपालिका–४ बाट १–१ जना लागूऔषध सहित पक्राउ परेका छन्। 

प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद अवस्थामा हिडिरहेका हतुवागढी–८ का २५ बर्षीय सुमोर राई र ४३ बर्षीय भक्त बहादुर थापालाई चेक जाँचको क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ६ सय मिलिग्राम, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुल र स्पास्पेन ३४ ट्यावलेट सहित बरामद गरेको थियो । 

यता मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–४ का २१ बर्षीय अमृत लिम्वुलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, स्पास्पेन ९७ ट्रयावलेट र प्रामोल ९० ट्यावलेट सहित पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१६ स्थित हुलास चौकमा जोगवनी भारतबाट नेपाल आउदै गरेका धनकुटा पाख्रिवास नगरपालिका(४ का २२ बर्षीय बिसाल लिम्वुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल, एभिल १५ ऐम्पुल, नाइट्राभेट ९ ट्यावलेट सहित बरामद गरेको थियो ।  

लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।