बिराटनगर।
झापाको काँकरभिट्टा र मोरङको बिराटनगर-१५ स्थितबाट प्रहरीले अबैध भन्सार छलीका समान बरामद गरेको छ ।                                                            हिजो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट अवैधरुपमा नेपालबाट भारत तर्फ लादै गरेको १२० किलोग्राम सुपारी बरामद गरेको छ ।                                                इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ रानी बसपार्क स्थितबाट अवैधरुपमा भन्सार छलि लुकाई छिपाई नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि ६२ हजार मुल्य बरावरको रेडिमेड कपडा बरामद गरी आवश्यक कानुनि कारवाहीको लागि रानी भन्सार कार्यालयमा बुझाएको छ ।