हल्दिबारी । 

नेपाली कांग्रेस हल्दिबारी गाउँ कार्यसमितिले नेपाल रेडक्रस सोसाईटी जलथल उपशाखाको रकम घोटलाका दोसी उपर कडा कारबाही गर्न माग गरेको छ।

बुधवार (आज) विज्ञप्ति जारी गर्दै आर्थिक हिनामिना वा अपचलनमा संग्लन पूर्व समितिका पदाधिकारीहरू माथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको हो ।

बिज्ञप्तीमा सत्य ,तथ्यलाई आम नागरिक बिच ल्याई सार्वजनिक गर्न र दोषी उपर कानुनी प्रचलन अनुसारको कारबाहीको माग गर्न गरेको छ। साथै निवर्तमान अध्यक्ष बिष्णुप्रसाद उप्रेतीलाई नेपाली कांग्रेस पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्न जिल्ला कार्य समिति झापालाई समेत सिफारिस गरेको  जनाइएको छ।