मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका–१ का दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवको सकुशल प्रहरीले उद्धारगरेका छ । बालिककाको उद्दारसँगै अपहरणमा संग्लग्न दुई जना पक्राउ परेका छन् ।
श्रावण २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेकी जानकारीसँगै १ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआइटी समुहको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोली अनुसन्धान तथा बालिकाको खोजतलासमा जुटेको थियो ।
१ बर्षीया बालिका अपहरणमा परेको गम्भिर प्रकृतिको घटनालाई तत्काल टेक्निकल बिश्लेशणका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न बिराटनगर महानगरपालिका–६ का २७ बर्षीय रबिन्द्रकुमार साहको संग्लग्नता रहेको खूलेसँगै साहलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान शुरु भएको थियो । अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुलेपछि भारतिय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको तथा अपहरणमा संग्लग्न बिराटनगर–५ कि २७ बर्षीया अनु साहलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका दुबैजना बिच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादवसँग समेत चिनजान भएको थियो । दुबै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनि बारम्बार छोरी लिएर आउन कर गरेपछि श्रावण २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पूर्व योजना अनुसार केही बहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुल्न आएको थियो ।
बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाईकलमा हालेर दुहवी, भान्टावारी र राजबिराज हुँदै भारतको कुनौली तर्फ पठाई रबिन्द्र कुमार नेपाल फर्केको समेत अनुसन्धानको क्रममा खूल्न आएको छ । अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।