मोरङ । 

मोरङको उर्लाबारी नगरपालिका–२ बाट निषेधित लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेको संयुक्त प्रहरी टोलीले उर्लाबारी नगरपालिका–२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी–३ का  रकि धिमाल, उर्लाबारी–२ का उज्वल थापा र २८ बर्षीय सुमित राई समेत चारजनालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई निषेधित औषधि  ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेटसहित पक्राउ गरेको हो । 

निषेधित औषधीसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।