झापा ।
झापामा जुवा खेलाउने र सोहि समुुहले चर्को मिटर ब्याजमा पैसा लगाउने गरेको रहस्य बाहिर आएको छ ।जुवा खेलाउने समुुहले आफै उस्काउने र मंहगो मिटर ब्याजमा पैसा लगानी गरि चेक काटन लगाई चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अपहरण कुटपिट समेत गर्ने गरेको खुलासा भएको हो । उक्त कार्यमा प्रहरीले समेत सहयोग गर्ने गरेको पाइएको छ ।
झापा गाउँपालिका–३ सिमलवाडीका ४० बर्षिय युवा अशोक राईलाई चेक बाउन्सको मुुद्धा लिएर प्रहरी र बाउन्स गराउने समुह नै विहान घरमा राईलाई पक्रन आएपछि गाउँलेसँग झडप भएको छ । झडपछि पक्राउ गर्न आउने दमक ५ का विशाल पौडेल सामान्य घाइते समेत बनेका छन् ।
सिभिलमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायक निरिक्षक भीम श्रेष्ठ नेतृत्वको टोली र रकम लिने समुह शनिवार विहान राईको घरमा विहान ४ बजेको समय पुगि जवरजस्ती राईलाई लैजान खोजेपछि घर परिवार र स्थानीय वासीले प्रतिकार गरेको राईका पिता दिपक राईले बताए ।
दमकका नामुक जुुवा घरका सञ्चालक समेत रहेका पुुर्णप्रसाद रिजालले आफुलाई घरमा जुवा खेल्न बोलाई केहि पैसा सापट दिएको र पछि मिटर व्याज जोडेर आफुले साँबा र ब्याज रकम तिरिसक्दा समेत थप ८ लाख रुपैँयाँको चेक दमकको होटल हाइवेमा लगेर काट्न लगाएको पिडित अशोक राईले मंगलबार (आज) पत्रकार भेछघाटका क्रममा बताएका हुन् ।
रिजालको समुहले पहिला पिटेर कानको जाली समेत फुुटाइदिएको र पछि जबरजस्ती ८ लाखको चेकमा सहि छाप गर्न लगाएको समेत राईले बताएका छन् । जुुवा सञ्चालकहरुको कुुटपिटबाट विरामी भएकोले घरमै औषधि गरेर बसिरहेको वेलामा तिरिसकेको रमकको समेत चेक वाउन्स गरेर प्रहरी समेतलाई आर्थिक प्रभावमा पारि राती घरमै नियन्त्रणका लागि आएको राईकी श्रीमती कमला लिम्बुले बताइन् । दमकको रिजाल लगायात सोम खनाल, कमल खनाल, दुुर्गा पौडेल लगायातले खेलाएको जुवा खालबाट आफुले ३ बर्षभित्रमा ५ करोड भन्दा वढी रकम सकाएको राईले बताए । यस विचमा दमकमा रहेको घर डेढ करोडमा विक्री गरेको तथा कनकाई नगरपालिका ३ मा रहेको २ कठ्ठा माटो झापा गाउँपालिका ३ मा रहेको १ बिगाह जमिन समेत विक्री गरेर सबै पैसा जुवामा हारेको पिडित राईले बताए ।
सो गिरोहले सुरुमा जतिपनि पैसा सापटी दिने र पछि प्रहरी समेतको संग्लनतामा महगो ब्याज जोडेर चेकमा सहि गर्न लगाउने गरेको पाइएको छ । जुुवा खेलाउने गिरोहसँग प्रहरीको राम्रो साँठगाठ समेत रहने गरेको जानकारहरुको भनाई छ ।
इलाका प्रहरी कार्यालय दमकले आफ्नो क्षेत्राधिकार मिचेर झापा गाउँपालिका–३ सिमलवाडीमा अपहरण शैलीमा विहान प्रहरी पठाएको राई परिवारको गुनासो रहेको छ । यसवारेमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुुख दिलिपराज गिरीले उजुरी दमकमा परेका कारण प्रहरी चेक वाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताए । प्रहरीले त्यहाँको स्थानीय प्रहरीसँग सञ्चार सेटबाट समन्वय गरेको समेत गिरीले बताए ।
यता झापामा पछिल्लो समय जुवा र मिटर व्याजको गिरोहहरुका कारण सयौ घरपरिवार विचल्नीमा परिसकेको भन्दै यस्ता अपराधिक समुुहको संरक्षण प्रहरीले गरिरहेको राई परिवारले बताएको छ । ‘मसँग भएको सबै सम्पत्ति पनि सकिया,े अझैपनि चेक बाउन्स भनेर दुुःख दिने काम भइरहेको छ’ राईले भने ‘यहि तरिका हो भने हामी परिवारलेनै आत्महत्या गर्नुको विकल्प छैन ।’ महगो मिटरब्याजको रकम उठाउन प्रहरी र गुण्डाको प्रयोग उक्त गिरोहले गर्ने गरको राईले बताए ।
अशोककी श्रीमती कमलाले आफ्नो श्रीमानको ज्यानको सुरक्षा हुनु पर्ने माग गरेकी छिन् । उनले यसरी फसाउने गिरोहलाई पक्राउ गरी कानुनी कारवाहीको माग गरेकी छिन् । जनताको सुरक्षाका लागि स्थापित प्रहरी प्रशासनबाटै असुरक्षा भएको स्थानीयले आरोप लगाएका छन् ।