बिराटनगर । 

झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–५ का पुर्णबहादुर लिम्बुको २ बर्षीय छोरा ईन्सान लिम्बुको घर छेउमा खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनीमा अचानक डुबेर पैनीले बगाएर लादै गरेको स्थानीयले देखि तत्काल उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोकका २९ बर्षीय तिर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।