बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआइटी समुहको प्रहरी टोलीले दुई जना फरार ब्यक्तिलाई पक्राउ गरेको छ । अदालतबाट बिभिन्न मिति र समयमा बिभिन्न मुद्धामा कैद तथा जरीवाना फैसला भई फरार रहँदै आएका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले सोमवार २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बहु–बिबाह मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ११ महिना ४ दिन कैद र २० हजार रुपैयाँ जरीवाना गराएको थियो । त्यस्तै जहदा गाउँपालिका–७ मझारेका २६ बर्षीय बिष्णु हेमरनलाई चोरी मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।११।१५ गतेको सजाय तोकेको थियो । उनलाई १ वर्ष २ महिना ३ दिन कैद र १२ हजार रुपैयाँ जरीवाना तोकिएको थियो ।
प्रहरीले हालसम्म विराटनगर महानगरपालिका–१२ शुक्रबारेका २२ बर्षीय गणेशकुमार राममोची फरार रहको जनाएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रदेश प्रहरीले जनाएको छ ।