बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण तथा भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पूर्ण शाखाहरुको समेत निरीक्षण गर्दै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका थिए । उनले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।
प्रहरीको आचरण र ब्यवहार सुधार गरी आम नागरिकहरुसँग सदैव शिष्ट र सभ्य व्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान गर्न, फरार अपराधिलाई पक्राउ गर्न, आफ्नो कार्यालय तथा बिभिन्न असभावका सामग्रीहरुको हिफाजत गर्न, सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभाकारी बनाई बिभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरी नागरिक र प्रहरीको सम्वन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्न र सवारी दुर्घटना न्युनिकरणको लागि प्रभावकारी चेकिङ गर्न समेत गिरीले निर्देशन दिएका छन् । सोही क्रममामा आगामी हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षाका योजनाहरु तयार गरी सम्पूर्ण प्रहरी कर्मचारीहरु निर्वाचनमा खटिन तयारी अवस्थामा रहन समेत गिरीले निर्देशन दिएका छन् ।